Microsft excel मा रहेको बहुउपयोगि function हो vlookup . यसको प्रयोग कुनै एक value कुनै टेवल वा series मा रहे नरहेको पत्ता लगाई यदी त्यस टेवलमा value भएमा सो value कै लाईन (row) मा पर्ने अर्को value पत्ता लगाउन गरिन्छ । पुरानो excel version भएपनि कुनै समस्या नभई चल्ने हुनाले पनि यसको उपयोगिता बढी हुने गर्छ ।
उदाहरण ः
मानौ हामिसँग कुनै excel sheet छ जसमा विदेशी मुद्राको नाम र रकम छ ।
Account | CCY | Amount |
AXXX | INR | 1000 |
AYYY | USD | 10 |
AZZZ | INR | 500 |
BXXX | GBP | 100 |
… | | |
… | | |
र हामिलाई यसको नेपाली पैसा काति हुन्छ थाहा पाउनु छ । यसको लागि हामि उक्त विदेशी मुद्राको exchange rate पत्ता लगाउनुपर्ने हुन्छ । मानौ हामिसँग अर्को excel sheet/table 5छ जसमा हरेक विदेशी मुद्राको exchange rate छ .
CCY | Exchange rate |
INR | 1.6 |
AUD | 100 |
GBP | 150 |
USD | 133 |
अव हामि पहिलो sheet मा अर्को column थपि =VLOOKUP(B2,$G$1:$H$5,2,FALSE) formula लेख्छौ ।
Account | CCY | Amount | ER |
AXXX | INR | 1000 | =VLOOKUP(B2,$G$1:$H$5,2,FALSE) |
AYYY | USD | 10 | =VLOOKUP(B3,$G$1:$H$5,2,FALSE) |
AZZZ | INR | 500 | =VLOOKUP(B4,$G$1:$H$5,2,FALSE) |
=VLOOKUP(B2,$G$1:$H$5,2,FALSE)
यसमा
= ले formula को सुरुवात जनाउछ ।
B2 ले lookup value अर्थात formula ले अर्को table मा कुन value खोज्ने हो, सो लाई जनाउछ, उदाहरणमा INR .
$G$1:$H$5 lookup table हो । उदाहरणमा lookup table G1:H5 मा भएकोले यसरी लेखिएको हो, excel मा formula राख्दा excel ले नै table select गर्न लगाउने हुँदा type गरिरहनु पर्दैन,तर lookup table मा F4 थिचि $ sign (absolute reference) नगरेमा formula copy गर्दा mistake हुन सक्छ ।
2 ले lookup table को कति औं column लिने भन्ने जनाउछ । उदाहरणमा lookup table को दोश्रो column लिएकोले २ लेखिएको ।
FALSE ले lookup table मा search गर्दा कसरी गर्ने भन्ने जनाउछ, उदाहरणमा FALSE ले exact match जनाउछ ।
यसरी VLOOKUP को माध्यमबाट अर्को table को data लिन सकिन्छ जुन तल देखाइएको छ ।
Account | CCY | Amount | ER |
AXXX | INR | 1000 | 1.6 |
AYYY | USD | 10 | 133 |
AZZZ | INR | 500 | 1.6 |
BXXX | GBP | 100 | 150 |
अब, यसमा र मार्फत नेपाली पैसा निकाल्न सक्छौ ।
ध्यान दिनुपर्ने
- lookup table /series को first column मा नै lookup value हुनुपर्छ ।
- lookup table /series को first column को value unique हुनुपर्छ -unique for lookup table_ ।
- VLOOKUP ले lookup table मा match नभेटेमा #N/A error दिन्छ ।